एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

HTV Khabar १७ भाद्र २०८०, आइतबार ०१:०१ मा प्रकाशित

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक आह्वान गरेको छ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न भोलि बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ।