कपन क्षेत्रमा ६९.७७% मतदान, कुन वडामा कति ?

सबिन पन्त 'पृथक' ४ मंगशिर २०७९, आइतबार १२:३७ मा प्रकाशित

काठमाडौं, आज सम्पन्न भएको आम निर्वाचनमा  बूढानीलकण्ठ नगरपालिका वडा नं.-१०,११ र १२ कपन क्षेत्रमा ६९.७७ प्रतिशत मतदान भएको छ।                                                                                  बूढानीलकण्ठ १० मा कुल मतदाता ८२९७ मध्ये ५१९७ जनाले मतदान गरेका छन्।  जुन मतदाता संख्या अनुसार ६२.६३% मतदान भएको छ। त्यस्तै वडा ११ मा ५१५० मध्ये ३६९४ जनाले मतदान गरेका छन्। जुन मतदाता संख्या अनुसार ७०.५६% मतदान भएको छ भने वडा १२ मा कुल मतदाता संख्या ४९९२ मध्ये ३२७७ जनाले मतदान गरेका छन्। जुन मतदाता संख्या अनुसार ६५.६४% मतदान भएको छ।                                                                                        बूढानीलकण्ठ १०,११ र १२ वडामा गरि कुल मतदाता संख्या १७,४३९ मध्ये १२,१६८ जनाले मतदान गरेका छन्।