सुनचाँदीको मूल्य बढ्याे, प्रतिताेला कति पुग्याे ?

HTV Khabar ३ चैत्र २०७९, शुक्रबार ०७:०७ मा प्रकाशित

नेपाली बजारमा शुक्रवार पनि सुनकाे मूल्य बढेकाे छ। विहिवार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य पछिल्लो रेकर्ड नजिक हो। यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। विहिवार भने छापावाल सुन प्रतितोला एक लाख छ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। विहिवार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।