इङ्लिस लिग कपबाट बाहिरियो एभर्टन

HTV Khabar २३ कार्तिक २०७९, बुधवार ०३:५८ मा प्रकाशित

बर्नमाउथसँग ४-१ ले पराजित भएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मङ्गलवार राति इङ्लिस लिग कपबाट बाहिरिएको छ।

बर्नमाउथको जितमा जमाल लोवी, जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक-एक गोल गरे। एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे।                                                                      जितसँगै बर्नमाउथ चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङ्लिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो। यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए।

लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३ ० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३ १ ले निराश पार्‍यो।

त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुट आउटमा ६ ५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३ १ ले पराजित गरेको छ।