सुनचाँदीको मूल्य फेरि घट्यो

HTV Khabar १३ कार्तिक २०७९, आइतबार ०७:२८ मा प्रकाशित

काठमाडौं, सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको छ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदी तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।