सुनको मूल्यमा भारी गिरावट, तोलामा करिब १६ हजार घट्यो

HTV Khabar १० मंगशिर २०८१, सोमबार १२:०२ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

आईतवार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी तोलामा ११५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो। सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएकोमा १० प्रतिशत कायम गरेपछि सोमवार सुनको मूल्यमा ठूलो गिरावट आएको हो।