मङ्सिर ७ को प्रदर्शनमा सरकारले दमन गर्न सक्ने भन्दै नागरिक बचाउ महाअभियानले गर्‍यो यस्तो आग्रह

HTV Khabar ३ मंगशिर २०८०, आइतबार ०७:४२ मा प्रकाशित
काठमाडौं, आगामी मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ।


साथै अभियानले उक्त प्रदर्शनमा सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ।

मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्दै छ। दुवै प्रदर्शन एकै दिन आयोजना गरिएकोले मुठभेड हुने त होइन भन्ने आशङ्का पैदा भएको छ।