हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादवको वार्ता

HTV Khabar १३ पौष २०७९, बुधवार ०५:२४ मा प्रकाशित
काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसँगै भेट गरेका छन्।                                                                      नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन उनले आज सो पार्टीका शीर्ष नेताहरूसँग भेट गरेका हुन्। हात्तिवनमा जारी वार्तामा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका छन्। उनीहरुबीच समसामयीक राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भईरहेको बताइन्छ। यी दुई दललाई सरकारमा लिएर मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डको तयारी छ।