राष्ट्रपति पौडेलद्वारा प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ ग्रहण

HTV Khabar ५ भाद्र २०८०, मङ्गलबार ०६:१४ मा प्रकाशित

काठमाडौं, सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका विश्वम्भरप्रसाद श्रेष्ठले मङ्गलवार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमवार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्। संसदीय सुनुवाइ समितिले सोमवार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो।

विसं २०१६ असोज २० मा डोटीजिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका छन्। श्रेष्ठले वि.सं २०८१ असोज १९ पछि अनिवार्य अवकाश प्राप्त गर्नेछन्।