बढ्यो सुनचाँदीको मूल्य

HTV Khabar २ माघ २०७९, सोमबार ०९:१७ मा प्रकाशित

आज (सोमवार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ। आईतवार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमवार बढेर १४०० रुपैयाँ पुगेको हो।