सुन-चाँदीको मूल्यमा वृद्धि

HTV Khabar १२ असार २०८०, मङ्गलबार ०५:५४ मा प्रकाशित

आज मङ्गलवार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।  सोमवार प्रतितोला दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुईसय रुपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मङ्गलवार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।