सुनको मूल्यमा गिरावट चाँदीको बढ्यो

HTV Khabar १८ कार्तिक २०७९, शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौं, शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

विहिवार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रवार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय २५ रुपियाँमा कारोबार भइरहेको छ।