काठमाडौं, नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलवार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।