काठमाडौं, दशैंमा बन्द भएको मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ।
बडादशैंकाे अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द रहेको केबलकार आज विहिवारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले बताएका छन्।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजागर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरि नेपालमै पहिलोपटक मनकामना केबुलकारको स्थापना गरिएको थियो।