रौतहट १ मा माधव नेपाल निर्वाचित

सबिन पन्त 'पृथक' ८ मंगशिर २०७९, बिहीबार ०६:५५ मा प्रकाशित

काठमाडौं, रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन्।                                                                                        नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे। अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौँ २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर निर्वाचित भएका हुन्।