कुसुमको उच्च राजनैतिक संस्कार : गगन र जयरामलाई दिए बधाई

सबिन पन्त 'पृथक' ७ मंगशिर २०७९, बुधवार ०६:५२ मा प्रकाशित

काठमाडौं,  गठबन्धनका उम्मेदवार काठमाडौं ४ (२) का कुसुम कुमार कार्कीले आफू पराजित भएपनि उच्च राजनैतिक संस्कार देखाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित काङ्ग्रेस महामन्त्री गगन कुमार थापा र प्रदेशसभा सदस्यमा निर्वाचित जयराम थापालाई सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिएकाछन्।                                                                                                                              कुसुम कार्कीले दिएको शुभकामना :                  २०७९ मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भै संविधानले प्रदान गरेको अधिकारको प्रयोग गर्नु हुनेसम्पूर्ण मतदाताहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछु। 

काठमाडौं क्षेत्र नं ४ (२) मा गठबन्धनका उम्मेदवारहरूलाई आफ्नो अमुल्य मतदान गर्नु हुने यस क्षेत्रका आदरणीय मतदाताहरूमा हार्दिकआभार ब्यक्त गर्दछु। 

निर्वाचनमा लामो समय देखि जिम्मेवारीका साथ सक्रियता पूर्बक लाग्नु हुने गठबन्धन दलका विभिन्न जिम्मेवारीमा रहनु भएकासाथीहरूमा विशेष धन्यबाद ब्यक्त गर्न चाहन्छु। 

निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनितिक दल, कर्मचारी साथीहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरूमा गठबन्धन दल, पार्टी तथा ब्यक्तिगत तर्फबाट धन्यबाद ब्यक्त गर्न चाहन्छु। 

गठबन्धन दलका तर्फबाट उम्मेदवार हुनु भएको गगन कुमार थापा प्रतिनिधि सभामा र नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुनु भएको जयराम थापा प्रदेश सभामा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना -                                                                                     कुसुम कुमार कार्की