- गृहपृष्ठ
- नेताहरुले देश बेच्न खोजे, तर काठमाडौं महानगर बिक्रीमा छैन : बालेन शाह
नेताहरुले देश बेच्न खोजे, तर काठमाडौं महानगर बिक्रीमा छैन : बालेन शाह
HTV Khabar
१६ कार्तिक २०८०, बिहीबार ०३:४८ मा प्रकाशित
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन्। बुधवार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो बताएका हुन्।
मङ्गलवार बूढानीलकण्ठको पार्कभिलेज होटलमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले मुख खोलेका छन्।
उनले आफूले कसैको अपमान नगरेको समेत बताए।“नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
