सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

HTV Khabar १० मंगशिर २०७९, शनिबार ०८:२२ मा प्रकाशित

काठमाडौं, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेट भएको छ।                                                                                  गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन्। भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।