- गृहपृष्ठ
- सुन तस्करीका अभियुक्तविरुद्ध आज सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै
सुन तस्करीका अभियुक्तविरुद्ध आज सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै
HTV Khabar
३१ भाद्र २०८०, आइतबार ११:०८ मा प्रकाशित
काठमाडौं, ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आईतवार आरोपीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज आईतवार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गर्ने भएको हो।
सीआइबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ। सुन तस्करीमा संलग्न ३२ जनालाई कारबाहीका लागि पनि सीआइबीले सिफारिस गरेको छ।सीआइबीले कारबाहीका लागि सिफारिस गरिएका मध्ये १८ जना फरार रहेका छन्।
तस्करहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सिआइबीको सुझाव छ। हालसम्म पक्राउ परेका मध्ये ९ जना विदेशी नागरिक छन्।