सुनचाँदीको मूल्य घट्यो !

HTV Khabar ११ फाल्गुन २०७९, बिहीबार ०५:५३ मा प्रकाशित

नेपाली बजारमा विहिवार सुनको मूल्यमा सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधवार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ। बुधवार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।