बूढानीलकण्ठ नगरपालिको कार्यपालिका बैठकले बूढानीलकण्ठ–१० का वडाध्यक्ष तथा नगरप्रवक्ता नवराज भट्टराईको संयोजकत्वमा ७ सदस्यीय संचार नीति समिति गठन गरेको छ।
नवराज भट्टराईको संयोजकत्वमा बनेको समितिको सदस्यहरुमा ध्रुवप्रसाद घिमिरे, सबिन पन्त, पुन्यराज पुडासैनी, सन्तोष लुइटेल, श्याम कार्की र विकास लामा रहेका छन्।
सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापनका लागि सञ्चार नीतिको आवश्यकता महसुस गरि गत स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा एमाले बूढानीलकण्ठले ‘सञ्चार माध्यमको विकास र परिचालन सम्बन्ध’का बुँदाहरु प्रतिवद्धता पत्रमा समेटेको थियो।
तर दश महिना लामो समयसम्म सञ्चार निति बनाउने तरखरमा नगरपालिका नलाग्दा भने नेकपा एमालेबाट निर्वाचित पदाधिकारीहरुको विरुद्धमा सञ्चारकर्मीहरु एकवद्ध हुँदै थिए। जे होस् ढिलै भएपनि बूढानीलकण्ठ नगरमा सञ्चार निति निर्माण हुने चरण अघि बढेको छ।