रूस-युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी

HTV Khabar २७ फाल्गुन २०८१, मङ्गलबार ११:५६ मा प्रकाशित

काठमाडौं,  रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन्।

रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो। फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बनेका उनी पराजित बनेपछि रसिया गएका थिए।

सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले बुढाथोकीको मृतयु भएको खबर आएको बताए। बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन्।