- गृहपृष्ठ
- राष्ट्रपतिद्वारा मुलुकी संहितासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा मुलुकी संहितासम्बन्धी विधेयक प्रमाणीकरण
HTV Khabar
१० भाद्र २०८०, आइतबार ०६:०९ मा प्रकाशित
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८०’ प्रमाणीकरण गरेका छन्।राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो।
आईतवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिएका थिए। अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्।