काठमाडौं, नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं.११ ईकाइ समितिले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
यहि आउँदै गरेको विजया दशमी तथा विभिन्न चाडपर्वहरुको अवसरमा काङ्ग्रेस महामन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय गगन थापाको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागिएको इकाईका कार्यवाहक सभापति डिल्ली रिजालले एचटिभी खबरलाई बताएका छन्।