काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलवार सुनको मूल्यमा गिरावट आएको हो।
सोमवार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलवार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमवार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजाबी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ।
यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ। सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ कायम गरिएको छ।