प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

HTV Khabar ९ मंगशिर २०७९, शुक्रबार ०८:१५ मा प्रकाशित

काठमाडौं, मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपा (एमाले) अग्रस्थानमा छ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख ४७ हजार २८१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेसको १० लाख ९१ हजार ६८२ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ४० हजार ९१६ रहेको छ।