लायन्स- प्रहरीको संयुक्त वृहत् रक्तदान

सबिन पन्त 'पृथक' ७ माघ २०७९, शनिबार ०३:३६ मा प्रकाशित

काठमाडौं, मिडिया, लायन्स क्लब र प्रहरीको संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम  सम्पन्न भएको छ। 

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० कपन अकाशेधारास्थित ह्यान्डबल ग्राउन्डमा नजीक  एचटिभी खबर, लायन्स क्लब अफ काठमाडौं टि कपन, साझा फूलबारीको आयोजना र बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ को विशेष सहयोग तथा प्रहरी प्रभाग कपनको सहकार्यमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो। 

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा युवा, पुरुष महिला गरि ६६ जनाले रक्तदान गरेकाछन्। महान मानवीय कार्यमा रक्तदान गर्न ईच्छा गरि आफ्नो नाम दर्ता गराउनेको संख्या भने ७६ जना रहेकोमा कसैको उच्च रक्तचाप, कसैको नियमित औषधि सेवन जस्ता कारणले रक्तदान गर्न पाएनन्। 

एचटिभी खबरका अध्यक्ष तथा प्रधान सम्पादक सबिन पन्त 'पृथक' को संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य माननीय गगन कुमार थापा, लायन्स अन्तर्राष्ट्रिय ३२५ 'एम' का गभर्नर लायन महेन्द्र पौडेल, क्याबिनेट सेक्रेटरी लायन रत्न प्रसाद पराजुली, क्याबिनेट ट्रेजरर लायन शिवनारायण श्रेष्ठ, डिष्ट्रिक्ट चिफ लायन तारा प्रसाद त्रिपाठी, डिपार्टमेन्ट चिफ लायन सबिन पन्त 'पृथक, एफडब्लुसी कोर्डिनेटर लायन संगीता पन्त, क्लबका अध्यक्ष लायन समृद्धि पन्त, लायन गणेश प्रसाद पन्त, पूर्व अध्यक्ष ठाकुर प्रसाद खकुरेल, सुनन्दा पन्त, उपाध्यक्ष विनोद थापा, कमल खत्री, विद्यालय रग्वी आयोगका अध्यक्ष जे.बि.दीपक अधिकारी, बूढानीलकण्ठ नगरपालिका वडा नं.१० का अध्यक्ष लायन नवराज भट्टराई, ११ का अध्यक्ष लायन राजु अधिकारी, १२ का अध्यक्ष लायन शम्भु भट्टराई, प्रहरी प्रभाग कपनको प्रमुख प्रहरी निरीक्षक कृष्ण बस्याल, स्थानीय शान्ति विकास समाजका अध्यक्ष डिल्ली प्रसाद रिजाल, बूढानीलकण्ठ नगरपालिकाका लेखा प्रमुख मिनराज खड्का, स्थानीय स्वयंसेवीहरुलगायत विद्यार्थी र प्रहरीको बाक्लो उपस्थिति रहेकोे थियो। 

गभर्नर पौडेलले लायन्स क्लबको गतिविधिका बारेमा प्रकाश पार्दै नेपालमा सबैभन्दा धेरै रक्तदान गर्ने संस्था लायन्स क्लब भएको बताएका थिए। पौडेलले रक्तदान कार्यक्रम आयोजना गरि मानवीय सेवा गरेकोमा क्लबहरुलाई धन्यवाद दिएका थिए। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मा.गगन थापाले विभिन्न कारणले देशभर बिरामीको उपचारमा रगत अभाव नरोकिएको अवस्थामा त्यसलाई थोरैमात्र भएपनि न्यूनीकरण गर्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिएका थिए। माननीय थापाले रक्तदाताले निशुल्क दिएको रगत बिरामीको उपचारमा निशुल्क पाउनुपर्ने बताए। यसको लागि आफूले संसदमा पटकपटक आवाज उठाउने गरेको पनि उनले प्रष्ट पारे। 

लायन्स क्लब अफ काठमाडौं टि कपनकी अध्यक्ष समृद्धि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष नवराज भट्टराईले रक्तदान जस्तो महान कार्यले धेरै बिरामीको जीवन बचाउन सकिने बताए। रगतको अभावमा कतिपय बिरामीको मृत्यु हुने गरेको पनि उनलेे बताए। भौतिक रूपमा मात्रै नभएर अन्लाईन माध्यमबाट पनि रक्तदाता प्राप्त गर्नेसक्ने व्यवस्था मिलाउन अध्यक्ष भट्टराईले सुझाव दिएका छन्। 

बूढानीलकण्ठ ११ का अध्यक्षले रक्तदान जस्तो उत्कृष्ट मानवीय कार्यमा वडाको तर्फबाट विशेष सहयोग गर्नपाएकोमा खुशी लागेको बताए। समाजसेवी विद्यालय रग्वी आयोगका अध्यक्ष दीपक अधिकारीले आफूलाई निमन्त्रणा गरि रक्तदान गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए। 

प्रहरी प्रभाग कपनको प्रमुख प्रहरी निरीक्षक कृष्ण बस्यालले आगन्तुक अतिथिलगायत रक्तदाताहरुलाई स्वागत गरेकी थिइन् भने क्लबका अध्यक्ष गणेश प्रसाद पन्तले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।

स्थानीय समाजसेवी युवा द्वय सागर चिमोरिया र सागर फुयाललाई संयोजक सबिन पन्तले ब्लड ब्याग दिएर रक्तदान कार्यक्रम शुरु गरिएको थियो।