धादिङमा डेंगी बिरामीको चाप बढ्यो

HTV Khabar २३ अशोज २०७९, आइतबार ०२:५९ मा प्रकाशित

धादिङ जिल्लामा दिनहुँ डेंगी संक्रमित विरामीहरुको चाप बढेको छ।

अस्पतालमा विरामी भर्ना गरेर राख्ने ठाउँको अभाव हुने गरी विरामी आउने गरेको अस्पतालले जनाएको छ। बडादशैं बीचमा समेत विरामी अत्याधिक आउने गरेको अस्पतालले जनाएको छ। विरामी संख्या बढेसँगै बेडहरुको अभाव भएको छ।

धादिङ अस्पतालमा डेंगीकाे संक्रमित र भाइरलका विरामीहरु आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दहालले बताए। शनिबार मात्रै धादिङ जिल्लामा ४० जनामा डेंगीकाे संक्रमित भएको स्वास्थ्य कार्यालयका तोयानाथ छत्कुलीले बताए।

डेंगी नियन्त्रणका लागि सरोकारवाला निकायहरु पछिल्लो समय मौन देखिएका छन् भने स्थानीयहरु समेत डेंगु नियन्त्रणमा सहभागी भएका पाइएको छैन।

देशभर फैलिरहेको डेंगीको धादिङमा साउनदेखि हालसम्म ९ सय २७ भन्दा जना संक्रमित भएका छन्।