सर्लाही, ईस्लामिक रिलिफ नेपाल र बागमती सेवा समाज नेपालले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
ईस्लामिक रिलिफ नेपाल र बागमती सेवा समाज नेपालको साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत हरिपुर नगरपालिका र इस्वरपुर नगरपालिकाका अति विपन्न १२४० परिवारलाई बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले खाद्यान्न सामाग्री वितरण गरेका हुन्। प्रति परिवार रु.५६२५/- का दरले हरिपुर नगरपालिका वडा न.-२ बाट खाद्यान्न सामाग्री वितरण शुरु गरिएको अध्यक्ष कार्कीले एचटिभी खबरलाई बताए।
खाद्यान्न विवरण :-
✍️चामल-४०केजी
✍️दाल -५केजी
✍️तेल -४लिटर
✍️चिनी -३केजी
✍️नुन -२ केजी