काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

HTV Khabar ५ मंगशिर २०७९, सोमबार ०३:१५ मा प्रकाशित

काठमाडौं,  काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

मृतक पुरुषको सनाखत हुन बाँकी छ। मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।                                      यसैगरी गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।