आज तरकारी र फलफूलको मूल्य

HTV Khabar ९ माघ २०७९, सोमबार ०३:०३ मा प्रकाशित

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।

समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ । त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ।

त्यस्तै लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनियाँ १२० रुपैयाँ रहेको छ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम तोकेको मूल्य हो।