बूढानीलकण्ठ नगरपालिकामा एकैदिन दुई नगर सभा

सबिन पन्त 'पृथक' २९ पौष २०७९, शुक्रबार १२:४४ मा प्रकाशित

बूढानीलकण्ठ नगरपालिकामा आज एकैदिन दुई नगर सभा सम्पन्न भएको छ। कुनै सिनेमा सुटिङ गरे झैं एउटा नक्कली नगर सभा र अर्को सक्कली नगर सभा सम्पन्न भएको हो।                                                                               स्थानीय सरकार सञ्चालन निति नियम र परिधिको खिल्ली उडाउँदै, नगर सभाको गरिमा र विश्वसनीयता माथि नै प्रश्न चिन्ह खडा हुने गरि नगर सभाको ब्यानर राखेर केटाकेटीको खेल झैं युवा परिषद्को डमि नगर सभा पहिले सम्पन्न भएको थियो।                                                                                                                त्यसपछि बल्ल बूढानीलकण्ठ नगरपालिकाको वास्तविक एघारौं नगरसभा शुरु भएको थियो। १० बजेदेखि नगर सभा हुने भनेर खबर गरिएअनुसार सम्पूर्ण नगर सदस्यहरु उक्त समय अगावै उपस्थिति भइसकेका थिए। तर उक्त नक्कली नगर सभा सम्पन्न हुन समय लागेको कारण नगर प्रमुख मिठाराम अधिकारी लगायत केही सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने र केही कर्मचारी त्यसकै दर्शक बनेर बसिरहेका थिए भने कोही सभाकक्ष बाहिर घाम ताप्दै बस्न बाध्य देखिन्थे।                                                                                                    नगर उपप्रमुख अनिता लामा भने नगरकै गरिमामय नगर सभाकै ब्यानरमा नक्कली नगर सभा गरेकोमा असन्तुष्टि भएर सभाकक्षबाट बाहिरिएकी थिइन्। उनले असन्तुष्टि जनाउँदै नगरपालिकाका कर्मचारीलाई " नगर सभा भनेर बोलाएर त्यही ब्यानरमा अर्को डमि नगर सभा रे  त्यस्तो पनि गर्न पाईन्छ ?" भनेर प्रश्न गरेको थिइन्। यो नगर सभाकै ब्यानरमा नक्कली नगर सभा गर्न दिनु बिल्कुलै गलत भएको नगरका केही कर्मचारीले पनि बताएका छन्। उपप्रमुख हक्की स्वभावकि भएकी कारण उनले चित्त नबुझेको कुरा कर्मचारीसंग भन्ने साहस गरिन। तर त्यसो गर्न दिनेलाई भनिन् वा भनिनन त्यो भने जानकारी हुन सकेन। गलतलाई गलत र सहिलाई सहि भनेर भन्न सक्ने सामर्थ्य उप प्रमुख अनिता लामालाई मिलोस। बूढानीलकण्ठ नगरबासीले उनिबाट धेरै अपेक्षा गरेका छन्।                                                                            बूढानीलकण्ठ नगरको वास्तविक नगर सभाको बारेमा अर्को खबर आउँदैछ....