प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधीस्थलमा पुष्प अर्पण

HTV Khabar १८ जेठ २०८०, बिहीबार ०६:१४ मा प्रकाशित

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्प अर्पण गरेका छन्।

आज बिहान राजघाटस्थित महात्मा गान्धी समाधिस्थल पुगेर उनले पुष्प अर्पण गरेका हुन्। सो क्रममा दुवै देशका उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यसक्रममा दुई प्रधानमन्त्री बीच आधा घण्टा वान टु वान कुराकानी हुने बताइएको छ।

त्यसपछि दुवै देशका प्रतिनिधिमण्डल सहित दुईपक्षीय छलफल हुनेछ। दुवै प्रधानमन्त्रीले नेपालका केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन्।