बालेन खेलाडीको हौसला बढाउन श्रीलंका जाँदै

HTV Khabar १७ भाद्र २०८०, आइतबार ०१:२२ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन्।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन्।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ। उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन्।

समूह एमा रहेको नेपाल बुधवार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।