६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन

HTV Khabar २३ फाल्गुन २०८१, शुक्रबार ०४:४१ मा प्रकाशित

काठमाडौं, गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ। विहिवार ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय गर्दै ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।

सहसचिव धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रौतहटमा सरुवा भएका छन्। सहसचिव दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा सरुवा भएका छन्।

त्यस्तै शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्नु भने नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।