- गृहपृष्ठ
- राप्रपाले बुधवार गौ हत्याको विरोधमा आन्दोलन गर्ने
राप्रपाले बुधवार गौ हत्याको विरोधमा आन्दोलन गर्ने
HTV Khabar
२६ भाद्र २०८०, मङ्गलबार ०७:४० मा प्रकाशित
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ। राप्रपाले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा आगामी बुधवार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो।
सोमवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले आन्दोलन गर्ने जानकारी दिएको छ। आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आन्दोलन गर्ने दिन सकिएको बताए। उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे।