काठमाडौं, काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त भएको छ।
मृतक पुरुष हुन्, अन्य पहिचान खुलेको छैन । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधवार बिहान ठक्कर दिएको हो। मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ।
सर्वसाधारणले टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन्। स्थानीयको विरोधले यातायात अवरुद्ध भएको छ।