सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

HTV Khabar १० श्रावण २०८०, बुधवार ०६:५८ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजावी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य १४ सय ५५ रुपैयाँ रहेको थियो।