काभा महिला भलिबल : माल्दिभ्सलाई कीर्गिस्तानले पराजित गर्‍यो

HTV Khabar ११ जेठ २०८०, बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौंमा भइरहेको  एनएससी काभा (सेन्ट्रल  एसियन भलिबल  एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले  माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ। 


राष्ट्रिय खेलकुद परिषद्  (राखेप) को कभर्डहलमा आज भएको खेलमा  कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो। कीर्गिस्तानले माल्दिभ्स लाई पहिलो सेट २५-२०,  दोस्रो सेट २५-२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो।

उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ। नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ। त्यस्तै भोलि नै हुने अर्को सेमिफाइनल खेलमा उज्वेकिस्तान र भारत  आमने सामने हुनेछन्। उक्त खेल दिउँसो २ः३० बजे हुनेछ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ।