दशैंपछि मात्रै एमालेको टिकट वितरण

HTV Khabar १७ अशोज २०७९, सोमबार १२:१४ मा प्रकाशित

काठमाडौं, नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो।

ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ। प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली सोमवार बिहान ११ बजे झापा जाँदैछन्।दशैंको अघिल्लो दिन ओलीले झापामा बृहत चियापान आयोजना गर्ने समेत रिजालले बताएका छन्।