आज ढाका जाँदै एथलेटिक्स टोली

HTV Khabar ४ माघ २०७९, बुधवार ०३:४८ मा प्रकाशित

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दैछ।

२० जनवरीमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।

हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन्। प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रम गरी बिदाइ गरेका थिए।