काठमाडौं, जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरिएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा गत बर्षहरुमा जस्तै उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थी तथा अभिभावकको सम्मानार्थ आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रममा जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो। उत्कृष्ट र गुणस्तरीय शिक्षण गरि विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, काठमाडौ महानगरपालिका विद्यालय श्रोतव्यक्ति शाखा अधिकृत यमनाथ चौलागाईं, बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ का अध्यक्ष राजु अधिकारी, वडा न १२ का अध्यक्ष शम्भु भट्टराई, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष शोभा खरेल, सरस्वती नगर सुधार संघका अध्यक्ष पेशल पहाडी, साहित्यकार तथा सहकारीकर्मी सीमा पुरी, विद्यालय व्यवस्थापन समितिका सदस्य धन घिमिरे, पुण्यलोचन आचार्य, समाजसेवी योगेन्द्र ढकाल तथा दिलेन्द्र ढकाल, एचटिभि खबरका प्रमुख सबिन पन्त 'पृथक', वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायीका तथा जोसेफ स्कुलकी संगीत शिक्षिका कुन्ती मोक्तान, विद्यालय प्राचार्य, सहायक प्राचार्य, ईन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु, एसईई उत्तीर्ण १३८ जना विद्यार्थीहरु तथा अभिभावकको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले जोसेफ स्कुलले बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि आफ्नै मेहेनत परिश्रमबाट बूढानीलकण्ठ नगरपालिकाकै उत्कृष्ट नतिजा प्राप्त गरेको र यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाई संगै व्यवहारीक ज्ञानमा पनि उत्तिकै उत्कृष्ट रहेको कुरा बताए।
बरिस्ठ पत्रकार तथा कार्यक्रमका विशेष अतिथि पुरुषोत्तम दाहालले जोसेफ स्कुलका विद्यार्थी पढाईका साथसाथै कला र साहित्यमा उत्तिकै अब्बल रहेको कुरा बताएका थिए। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा न १२ का अध्यक्ष शम्भु भट्टराईले २५ बर्ष अघिदेखिनै जोसेफ स्कुलले सर्ब शुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने यो क्षेत्रकै उत्कृष्ट विद्यालय बन्न सफल भएको बताउँदै अझै प्रगति गर्न शुभकामना दिएका थिए।
उत्तिर्ण विद्यार्थी र अभिभावकलाई शुभकामना दिदै काठमाडौ महानगरपालिकाका शिक्षा शाखा अधिकृत यमनाथ चौलागाईं र सहकारीकर्मी तथा साहित्यकार सीमा पुरीले शिक्षा क्षेत्रमा जोसेफ स्कुलले पुर्याएको योगदानको चर्चा गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष जोसेफ एडुकेशनल नेटवर्कका प्राचार्य सूर्यबहादुर अधिकारीले जोसेफ स्कुलबाट हालसम्म ३२०० जना एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च तहमा स्थापित हुन सफल भएको कुरा बताए। उक्त कार्यक्रममा जोसेफ कलेजक पूर्व विद्यार्थी तथा युवा लोकगायक प्रसन्न पाठकले तथा अन्य विद्यार्थीहरुले नृत्य गायन प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए।
विद्यालयका शिक्षक गोपि न्यौपानेले बडो शालीनता पूर्वक सञ्चालन गरेको गरिमामय कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयका प्राचार्य सूर्यबहादुर अधिकारीले मायाको चिनो प्रदान गरेका थिए।