सरकार बिस्तारबारे गठबन्धनमा आज छलफल हुँदै

HTV Khabar १४ चैत्र २०७९, मङ्गलबार ०१:४४ मा प्रकाशित

सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमवार छलफल गरेर आज बैठक बोलाएका हुन।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ। यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको संघ सरकारमा काङ्ग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ।