टी-ट्वान्टी विश्वकपमा इंल्याण्डद्वारा पाकिस्तान पराजित

HTV Khabar २७ कार्तिक २०७९, आइतबार १२:०२ मा प्रकाशित

काठमाडौं, आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ। अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। इंल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ५२ रन बनाए।                                                              जोस बट्लरले २६ रन जोड्दा ह्यारी ब्रुकले २० रन बनाए। पाकिस्तानका लागि हारिस राउफले २ तथा शहीन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन जोडेको थियो। पाकिस्तानका लागि शान मसुदले ३८, कप्तान बाबर आजमले ३२ रन जोडे। इंल्याण्डका साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशिदले समान दुई विकेट लिए।