गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

HTV Khabar ३० पौष २०८१, मङ्गलबार ०६:११ मा प्रकाशित

चितवन,  चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलवार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको छ।