काठमाडौं महानगरले करिब ६ हजार कुकुरको बन्ध्याकरण गर्ने, १६ हजारलाई रेविजविरुद्धको खोप दिने

HTV Khabar २३ अशोज २०८०, मङ्गलबार ०४:३८ मा प्रकाशित

काठमाडौं, काठमाडौं  महानगरपालिकाले कुकुर र बिरालोलाई बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने लागेको छ।

काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेको भन्दै महानगर प्रमुख बालेन्द्र साहले आगामी ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने बताएका छन्।

प्रमुख साहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पशु कल्याण र पशु अधिकारका लागि आफूहरू सचेत रहेको भन्दै सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने बताएका छन्।

मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा ९४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२० बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ। आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ। ९ वडा हुँदै हामी ३२ वडा पुग्नेछौँ उनले फेसबुकमा लेखेका छन्।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/विरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ। यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाउने उनले लेखेका छन्।