फेरि बढ्दैछ कोरोना संक्रमण सचेत हुने कि?

HTV Khabar १६ कार्तिक २०७९, बुधवार १२:२० मा प्रकाशित

काठमाडौं, कोभिड १९ बाट पछिल्लो चौबीस घण्टामा देशभर ५९ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार २१ जना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार पछिल्लो चौबीस घण्टामा थप ३ हजार ६ सय ४२ नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय कोरोना संक्रमितको संख्या घटे पनि निर्मुल भने भई नसकेको र कोरोना संक्रमणको अवस्था बृद्धि हुँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ५३ रहेको छ।

नेपालमा चुनावी सरगर्मी बढेसँगै एक ठाउँको मान्छे अर्को ठाउँ जाने र स्वास्थ्य सुरक्षामा ध्यान नदिने प्रबृत्ति बढेका कारण कोरोना संक्रमणदर अझ बृद्धि हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाउँदै स्वास्थ्य सुरक्षा अपनाई माक्स लगाउँने र बारम्बार हात धुने वा स्यानिटाईजर लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।