असल सरकार: अभिभावक जस्तै जिम्मेवारी लिने राज्य - प्रेम सापकोटा (लन्डन)

HTV Khabar ३० फाल्गुन २०८२, आइतबार ०४:५८ मा प्रकाशित

काठमाडौं, मानिसको जीवनमा सबैभन्दा ठूलो सुरक्षा अभिभावकबाट आउँछ। जब बच्चा सानो हुन्छ, आमाबाबुले उसको खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा, भविष्य, भावनात्मक अवस्था सबै कुराको जिम्मेवारी लिन्छन्। बच्चाले आफ्नो समय डर र अभावमा होइन, सिकाइ र विकासमा खर्च गर्न पाउँछ।

यस्तै कुरा म धेरै समयदेखि परीकल्पना गर्दै आएको छौ -असल सरकार पनि जसरी अभिभावकले बच्चाको भविष्य सुरक्षित बनाउँछन्, त्यसैगरी राम्रो सरकार आफ्ना नागरिकको जीवनका मुख्य जिम्मेवारीहरू सम्हाल्छ।

जब राज्यले यी जिम्मेवारीहरू राम्रोसँग पूरा गर्छ, नागरिकहरू दैनिक डर र असुरक्षाबाट मुक्त हुन्छन् र आफ्नो सीप (skills), ज्ञान (knowledge) र wellbeing बढाउन स्वतन्त्र हुन्छन्।

विकसित समाजहरू जस्तै United Kingdom, United States, Canada, Australia, Singapore र धेरै European Union देशहरूमा सरकारले नागरिकको जीवनका धेरै पक्षहरूमा यस्तो जिम्मेवारी लिने प्रयास गरेका छन्।

जस्तै :-
१. आधारभूत जीवन सुरक्षा (Basic Life Security)
 • सुरक्षित र सफा पानी
 • बिजुली र ऊर्जा आपूर्ति
 • ग्यास र तातो प्रणाली
 • इन्टरनेट र सञ्चार सेवा
 • सडक, पुल र यातायात
 • फोहोर व्यवस्थापन र सरसफाइ
 • सुरक्षित आवास
उदाहरण:
यस्ता देशहरूमा बस्दा मानिसले “आज ग्यास सकियो कि?”, “बिजुली काटियो कि?”, “फोन recharge गर्न पाएन भने के गर्ने?” भन्ने चिन्ता धेरै गर्नुपर्दैन। पानी, बिजुली, इन्टरनेट र फोन सेवा नियमित र भरपर्दो हुन्छ।
नेपाली उखान:
“घर बलियो भए जीवन सुरक्षित हुन्छ।”

२. स्वास्थ्य र मानसिक सन्तुलन (Health & Wellbeing)
 • अस्पताल र क्लिनिक
 • आकस्मिक उपचार
 • मानसिक स्वास्थ्य सेवा
 • वृद्धहरूको हेरचाह
 • अपाङ्गता सहयोग
 • पुनःस्थापना सेवा
यदि अचानक बिरामी परियो भने “पैसा छैन, अस्पताल कसरी जाने?” भन्ने डर कम हुन्छ। United Kingdom मा National Health Service जस्तो प्रणालीले धेरै उपचार सेवा उपलब्ध गराउँछ।

३. शिक्षा र ज्ञानको विकास (Education & Knowledge)
 • निःशुल्क विद्यालय शिक्षा
 • उच्च शिक्षामा सहायता
 • पुस्तकालय र अध्ययन केन्द्र
 • प्राविधिक तालिम
 • अनुसन्धान र विज्ञान विकास
अभिभावकले “बच्चाको school fee कसरी तिर्ने ?” भन्ने ठूलो चिन्ता लिनुपर्दैन। धेरै देशहरूमा आधारभूत शिक्षा सबैका लागि उपलब्ध हुन्छ।
नेपाली उखान:
“ज्ञान भन्दा ठूलो सम्पत्ति अरू हुँदैन।”

४. आर्थिक सुरक्षा (Economic Security)
 • रोजगारी अवसर
 • बेरोजगारी भत्ता
 • न्यूनतम तलब
 • कामदार अधिकार
 • सामाजिक सुरक्षा
 • पेन्सन
यदि कसैको काम अचानक गयो भने भोकै बस्नुपर्ने अवस्था आउँदैन। केही समयका लागि सरकारबाट बेरोजगारी सहायता पाइन्छ।

५. परिवार र बालबालिका सुरक्षा (Family & Child Protection)
 • बाल भत्ता
 • maternity र paternity leave
 • childcare सहायता
 • बाल संरक्षण प्रणाली
बच्चा जन्मिँदा आमाबाबुलाई कामबाट समय र आर्थिक सहयोग मिल्छ ताकि उनीहरूले बच्चाको राम्रो हेरचाह गर्न सकून्।

६. सार्वजनिक सुरक्षा र न्याय (Safety & Justice)
 • प्रहरी सेवा
 • दमकल सेवा
 • आपतकालीन सहायता
 • निष्पक्ष अदालत
उदाहरण:
राति पनि मानिस सुरक्षित रूपमा हिँड्न सक्छन्, किनकि कानून र नियमहरू कडाइका साथ लागू गरिन्छ।
नेपाली उखान:
“न्याय भए देश बलियो हुन्छ।”

७. वातावरण र भविष्यको सुरक्षा (Environment & Future)
 • सफा हावा र पानी
 • हरित ऊर्जा
 • वन संरक्षण
 • शहर ब्यबस्था 
जस्तै 
सडक, पार्क र सार्वजनिक स्थानहरू सफा हुन्छन्। मानिसहरू आफ्नो वरिपरि फोहोर र प्रदूषणको डर बिना बस्न सक्छन्।

८. संस्कृति, कला र समाज (Culture & Community Life)
 • संग्रहालय
 • खेल मैदान
 • पार्क
 • सांस्कृतिक कार्यक्रम
 • पुस्तकालय
उदाहरण:
परिवारहरू सप्ताहन्तमा पार्क, संग्रहालय वा सामुदायिक कार्यक्रममा समय बिताउन सक्छन्।

९. संकट र आपतकालीन सहयोग (Crisis Support)
 • प्राकृतिक विपत्तिमा सहायता
 • महामारी नियन्त्रण
 • आर्थिक संकट राहत
उदाहरण:
कुनै ठूलो संकट आयो भने सरकार नागरिकलाई एक्लै छोड्दैन; राहत र सहयोग तुरुन्त उपलब्ध हुन्छ ।

१०. व्यक्तिगत स्वतन्त्रता र सम्मान (Freedom & Dignity)
 • अभिव्यक्ति स्वतन्त्रता
 • समान अवसर
 • भेदभाव विरुद्ध कानून
उदाहरण:
मानिसले आफ्नो विचार खुला रूपमा व्यक्त गर्न सक्छन् र आफ्नो जीवनको बाटो स्वतन्त्र रूपमा छनोट गर्न सक्छ्।
११. समय बचत र सृजनात्मकता (Saving Time for Wellbeing & New Ideas)

नेपाल जस्ता धेरै विकासशील देशहरूमा प्रत्येक व्यक्तिले माथि उल्लेख गरिएका लगभग सबै कुराहरू आफैंले सोच्नुपर्छ।

आज ग्यास पाइन्छ कि पाइँदैन, पानी कहिले आउँछ, बिजुली कहिले जान्छ, इन्टरनेट काम गर्छ कि गर्दैन, बच्चाको school fee कसरी तिर्ने, अस्पताल कसरी जाने — यस्ता कुराहरूले मानिसको धेरै समय र मानसिक ऊर्जा खर्च हुन्छ।

तर राम्रो शासन भएका देशहरू ले नागरिकका धेरै आधारभूत आवश्यकताहरू सरकारले व्यवस्थित रूपमा हेरिरहेको हुन्छ।

यसले एउटा ठूलो परिवर्तन ल्याउँछ—
लाखौं मानिसहरूको समय बचत हुन्छ।
जब मानिसलाई दैनिक आधारभूत चिन्ता कम हुन्छ, उनीहरू आफ्नो समय स्वास्थ्य सुधार, नयाँ सीप सिक्ने, नयाँ विचार सोच्ने, अनुसन्धान गर्ने र समाजलाई अझ राम्रो बनाउने काममा लगाउन सक्छ ।

एक महत्वपूर्ण सिद्धान्त (Theory)
राजनीति र समाजशास्त्रमा Welfare State Theory भन्ने अवधारणा छ।
यस अनुसार राज्यले केवल शासन गर्ने मात्र होइन, नागरिकको जीवन सुरक्षा, शिक्षा, स्वास्थ्य र आर्थिक स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी पनि लिन्छ।

यसको उद्देश्य हो—
नागरिकलाई दैनिक डर र अभावबाट मुक्त बनाउनु, ताकि उनीहरूले आफ्नो क्षमता विकास गर्न सकून्।

जब सरकारले यी जिम्मेवारीहरू अभिभावक जस्तै गम्भीरतापूर्वक लिन्छ, तब नागरिकहरू सधैं बाँच्नका लागि संघर्ष गर्नुपर्ने अवस्थाबाट मुक्त हुन्छन्।

त्यसपछि मानिससँग सोच्ने समय हुन्छ, सिक्ने समय हुन्छ, सिर्जना गर्ने समय हुन्छ।

उनीहरू आफ्नो जीवन केवल बाँच्नका लागि होइन, आफ्नो क्षमता बढाउन, सीप सुधार गर्न र समाजलाई अझ राम्रो बनाउन केन्द्रित हुन सक्छन्।
Balen
Rabi Lamichhane
Harka Sampang A Revolution
Kulman Ghising
Rastriya Swatantra Party - RSP