काठमाडौं, नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका स्कुलका प्राचार्य, सहायक प्राचार्य र स्कुल लिडरहरुको लागि बैशाख १८ गते भक्तपुरमा रहेको काठमाडौं फन भ्यालीमा एकदिने तालिम सम्पन्न भएको छ।
नेसनल प्याब्सनकि संस्थापक अध्यक्ष तथा वर्तमान कार्य समिति अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा ७० विद्यालयका १५० जनाको सहभागिता रहेको थियो।
उक्त स्कुल लिडर तालिममा विद्यार्थीलाई स्मार्ट बोर्डको प्रयोग र डिजिटल माध्यमबाट प्रभावकारी शिक्षण र संस्कारसहितको सिकाईलाई सीपसङग जोडेर शिक्षण र मूल्यांकन गर्ने सम्बन्धमा नेसनल केन्द्रीय समितिका अध्यक्ष गीता क्षेत्री राणा, पूर्व अध्यक्ष कर्ण बहादुर शाही, आईएनजी समुहका सिईओ सुलभ बुढाथोकी, स्मार्टर का संस्थापक सिईओ जित राघव, थ्री सि आर एडुकेटर प्रमुख उत्तम दाहालको प्रभावकारी प्रस्तुती रहेको थियो।
तालिममा सहभागी सम्पुर्ण स्कुल लिडरहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननिय किरण थापा मगरले प्रमाणपत्र वितरण गर्दै मन्त्री किरण थापा मगरले संस्थागत विद्यालयको गुणस्तीय शिक्षण र व्यवस्थापनको प्रशंसा गर्दै संस्थागत विद्यालय र सामुदायिक विद्यालयको सहकार्यका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने कुरा बताए।
कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरु, निवर्तमान अध्यक्ष पाण्डव हमाल, पूर्वअध्यक्ष रीतुराज सापकोटा, पूर्वअध्यक्ष कर्ण बहादुर शाही, बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, जिल्ला पदाधिकारीहरु, नगर पदाधिकारीहरु र विद्यालय प्राचार्यहरुको उपस्थिति रहेको थियो।
जिल्ला समितिका सहसचिव प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमका सभापति नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज)ले अतिथिहरुलाई स्वागत तथा मायाको चिनो प्रदान गरेका थिए।