सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै

HTV Khabar १५ फाल्गुन २०७९, सोमबार ०५:११ मा प्रकाशित

नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य घटेको छ। आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। साथै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।